काठमाडौँ – उपरथी दर्जामा पदोन्नति भएका नेपाली सेनाका सहायक रथी गौरव कुमार के.सी.लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।


ADVERTISEMENT


असार ९ गतेबाट उपरथी दर्जामा पदोन्नति भएका केसीलाई शुक्रबार प्रधान सेनापति महारथी अशोक राज सिग्देलले जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । पदोन्नतिसँगै उपरथी के.सी. पूर्वी पृतना हे.क्वा.को पृतनापतिमा नियुक्त भएका छन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दको परिवारजनको उपस्थिति थियो ।