काठमाडौँ– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामति सेवा विधेयक संसदको रोष्ट्रमबाटै च्यातेका छन् ।


ADVERTISEMENT


आइतबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको छलफलका क्रममा साहले निजामति सेवा विधेयक बिभेदकारी रहेको भन्दै रोष्ट्रमबाटै उक्त विधेयक च्यातेका हुन् ।


ADVERTISEMENT

# # #


उनले संघीय निजामति सेवा विधेयक पारित भए देशमा आगो बल्ने चेतावनी दिए । गरिवको भविष्यमाथि खेलवाड गर्ने गरि आएको विधेयक स्वीकार्य नहुने भन्दै उनले उक्त विधेयक पारित भए गरिवका लागि कालो दिन हुने धारणा राखे । सरकारी जागिरमा गरिवलाई बञ्चित गर्न खाजेको उनले बताए ।

संघीय निजामति सेवा विधेयक पारित गर्ने प्रक्रियामा सहभागी नहुने भन्दै साहले सदन बैठक बहिष्कार गरेका छन् ।