काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो देखिएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा महालेखकपरीक्षक कार्यालयको ६७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न सबैपक्ष कार्य सम्पादनमा सन्तुलन हुनुपर्ने देखिएको भन्दै स्थानीय तहका लागि आर्थिक कार्यविधि कानुनको खाँचो देखिएको बताए ।


ADVERTISEMENT

# # #


सभामुख घिमिरेले बेरुजु फछ्र्यौट गर्न तथा जवाफदेहिता प्रवद्र्धन गर्न लेखासमितिको भूमिका रहनेमा हाल सम्म पनि कतिपय स्थानीय तहमा लेखा समिति गठन नभएको अवस्था रहको बताए । जसका कारण सार्वजनिक वित्तीय व्यवस्थामा नै समस्याहरु देखिएको उनले बताए ।

उनले सरकारको ठूलो लगानी रहेका संस्थाको वित्तीय व्यवस्थाका सम्बन्धमा समेत महालेखापरीक्षक कार्यालयले कैफियत देखाउदै आएकोमा त्यस्ता संस्थाको सञ्चालन नजिताको गहन रुपमा अध्ययन विश्लेषण गरी आवश्यक सिफारिस गर्नुपर्ने धारणा राखे ।

सभामुख घिमिरले समयको विकाससँगै लेखापरीक्षणमा समेत चुनौती थपिएकाले चुनौतीलाई अवसरको रुपमा रुपान्तरण गरी अगाडि बढ्नका लागि कार्यालयले आफूलाई सक्षम बनाउनुपर्नेमा जोड दिए ।