काठमाडौँ — बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक २०८२ प्रतिनिधिसभाबाट पारित भएको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आइतबार प्रतिनिधिसभा बैठकबाट पारित भएको हो ।


ADVERTISEMENT


आइतबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सदनमा ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।


ADVERTISEMENT

# # #


बैठकमा विधेयकमाथि छलफलपछि पारित गरिएको हो । प्रतिनिधिसभाबाट पारित भएसँगै अब विधेयक राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा आउनेछ र सभामुखले स्वीकृत गरेर राष्ट्रपतिलाई पठाउनेछन् ।

राष्ट्रपतिले प्रमाणित गरेपछि विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउनेछ ।