राहुल गुप्ता, वीरगञ्ज, पर्सा – सर्वोच्च अदालतको आदेशपछि वीरगञ्ज महानगरपालिकाले २५ मिटर चौडाइको सडक विस्तार कार्य सुरु गरेको छ। सोमबार बिहानैदेखि वीरगञ्जको मुख्य सडक (मेनरोड) मा सडक विस्तारको डोजर चलाइएको छ। सडक विस्तार अभियानको नेतृत्व स्वयं मेयर राजेशमान सिंहले गरेका छन्।


ADVERTISEMENT


मेयर सिंहले स्थानीय प्रशासन, प्रहरी र महानगरपालिकाका प्राविधिक टोलीको उपस्थितिमा अवैध संरचनाहरू हटाउँदै कार्यको शुभारम्भ गरेका हुन् । “सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्नु हाम्रो बाध्यता मात्र होइन, दायित्व पनि हो,” मेयर सिंहले भने, “वीरगञ्जको विकास र नागरिकको सहज आवागमनका लागि यो अत्यन्त जरुरी थियो।”


ADVERTISEMENT

# # #


सडक विस्तार अभियानको सुरुवातसँगै स्थानीय बासिन्दा र व्यापारीहरूमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले सार्वजनिक हितका लागि अभियानको स्वागत गरेका छन् भने केहीले वैकल्पिक व्यवस्थाबिना संरचना हटाइएको भन्दै असन्तुष्टि जनाएका छन्।

महानगरपालिकाका अनुसार मेनरोड क्षेत्रको २५ मिटरको सडक विस्तार कार्य योजनाबद्ध ढंगले अघि बढाइनेछ। यस क्रममा घर, पसल, टहरा लगायत सडक मिचेर बनाइएका संरचना हटाइने जनाइएको छ।