काठमाडौँ – माओवादी सांसद् कृष्णबहादुर महराले सभामुख पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । बिहान करिब सवा ११ बजे संघीय संसद भवन पुगेर उनले बाम गठबन्धनको साझा उम्मेदवारको रुपमा आफ्नो मनोनयन दर्ता गराएका हुन् ।


ADVERTISEMENT


उनको प्रस्तावकमा एमाले सांसद सुवास नेम्वाङ र समर्थकमा देव गुरुङ रहेका छन् । मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै महराले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘प्रतिपक्षले पनि सभामुखमा उम्मेदवार नउठाउने सुनेको छु । यसका लागि वहाँहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।’

माओवादीले उनलाई सभामुख बनाउने औपचारिक निर्णय शुक्रबार बिहान गरेको थियो । माओवादीले नेता महरालाई सभामुखको उम्मेदवार बनाउने अनौपचारिक सहमति हिजो नै गरे पनि औपचारिक घोषणा शुक्रबार गरिएको हो ।

एमालेसँगको भागबन्डामा माओवादीलाई सभामुख परेको थियो । कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन दर्ता बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुँदैछ ।

सचिवालयले आजै दिउँसो १ः३० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने मतदान भोलि १ बजे हुनेछ ।

भोलि सभामुखका लागि चुनाव हुँदैछ ।