काठमाडौं – साउदी अरबका लागि कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मालाई छुरा प्रहार गर्ने लक्ष्मण राईलाई नेपाल ल्याइएको छ । राईले कोरियास्थित नेपाली दूतावासमा गत वर्ष वैशाख २ गते शर्मालाई छुरा प्रहार गरेका थिए । राजदूतलाई भेट्न गएका राईले शर्मालाई ढोका थुनेर भित्रै छुरा प्रहार गरेपछि उनी घाइते भएका थिए ।


ADVERTISEMENT


साउदी प्रहरीले राईविरुद्ध मुद्दा चलाए पनि त्यहाँको अदालतले नेपालकै कानुनअनुसार यसको छिनोफानो गर्नुपर्ने आदेश सुनाएको थियो । राईलाई साउदी अरबकै प्रहरीले काठमाडौंमा नेपाल प्रहरीको जिम्मा लगाएको हो । वदैशिक रोजगारीका लागि साउदी गएका राईको स्थायी घर मोरङ केरावारी वडानम्बर ५ मा हो । उनलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइने महानगरीस्य प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


ADVERTISEMENT

# # #