काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले विधानबाट संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र नहटाउन माग गर्दै निर्वाचन आयोगलाई आज स्मरणपत्र बुझाएको छ ।


ADVERTISEMENT


पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवलाई सो पत्र बुझाएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए। आयोगले गत चैत ४ गते सो पार्टीले अवलम्बन गरेको सिद्धान्तमध्ये ती दुई विषय संविधानानुकूल नरहेको भन्दै खारेज गरेको थियो । त्यसबारे चैत ७ गते पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा प्रमुख आयुक्त डा यादवलाई ज्ञापनपत्र बुझाइएको थियो ।


ADVERTISEMENT

# # #


उपाध्यक्ष तामाङले मुलुकमा भएका दुई निर्वाचनमा सोही सिद्धान्तका आधारमा पार्टी सहभागी भई जनताको विश्वास प्राप्त गरेकाले त्यसलाई हटाउने आयोगको निर्णय पुनःविचार गर्नुपर्ने माग गरे।