काठमाडौँ– सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ सङ्घीय संरचनानुसार ‘स्थानीय तह सञ्चालन ऐन’ ल्याउने तयारी गरेको छ ।


ADVERTISEMENT


देश सङ्घीयतामा गइसकेकाले पुरानो स्थानीय स्वायत्त ऐन, २०५५ खारेज गरेर नयाँ ऐन ल्याउन थालिएको मन्त्रालयका उपसचिव भरतकुमार शर्माले जानकारी गराए। नगरपालिका र गाउँपालिकालाई अधिकारसम्पन्न बनाउँदै अहिले ऐनको मस्यौदा तयार भइरहेको बताइएको छ ।


ADVERTISEMENT

# # #


‘‘वैशाख महिनाभरिमा ऐनको प्रारम्भिक मस्यौदा बनाइसक्ने छौँ”, उनले भने, “स्थानीय तहको निर्वाचनलगत्तै ऐन ल्याउने तयारीमा छौँ ।” सात सय ४४ स्थानीय तहलाई संविधानले दिएको अधिकार अनुसार ऐन ल्याउन थालिएको हो । पुरानो ऐन खारेज र नयाँ ऐन नआएको बेला स्थानीय तह सञ्चालन आदेशानुसार मन्त्रालयले कामकारबाही सञ्चालन गरेको शर्माले बताए ।