काठमाडौँ – नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले वर्तमान सरकारले सोचेजस्तो काम गर्न नसके पनि ८४ सम्म निरन्तर जाने बताएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा पत्रकारसंगको छलफलमा नेता सिटौलाले वर्तमान सरकारको बिकल्प नरहेकाले सोचेजस्तो काम गर्न नसकेपनि ८४ सम्म निरन्तर जाने बताएका हुन् । उनले सरकार गठनका समयमा भएको सहमतिका आधारमा सरकारले आफ्नो कार्यकाल पुरा गर्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


सिटौलाले संविधान संशोधनका लागि सरकारले कार्यदल बनाउने विश्वास व्यक्त गरे । त्यस्तै उनले कांग्रेसका महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा सम्पन्न गर्नुपर्ने जिकिर गरे ।

कांग्रेसको महाधिवेशन ४ वर्षमा कहिल्यै नभएको उल्लेख गर्दै सिटौलाले थप हुने एक वर्षभित्र महाधिवेशन गर्नैपर्ने बताए ।

उनले बागमती प्रदेशको सरकार फेरवदलको कुरा कांग्रेस बागमती प्रदेश संसदीय दलको विषय भएको बताए । बागमती प्रदेशमा कांग्रेस सांसदहरु मिल्ने उत्तम भएपनि मिल्न नसके प्रक्रियाबाट अघि बढ्ने उनको भनाइ छ । सिटौलाले बागमती प्रदेशमा अविश्वासको प्रस्तावले कांग्रेसलाई नै क्षति गर्ने समेत उल्लेख गरे ।