काठमाडौं–राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । तर, संविधान संशोधनमा सहमति नभएसम्म सरकारमा जाने कुनै सम्भावना नरहेको एक शीर्ष नेताले बताए । माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत माग्दैछन् ।


ADVERTISEMENT


राजपा अध्यक्ष मण्डलका सदस्य एवं सांसद राजेन्द्र महतोले ओलीलाई मत दिने स्रोतलाई बताए । उनले भने, एमाले र माओवादीले प्रदेश २ मा हामीलाई भोट हालेर ऋण लगाएका छन् । ऋण चुक्ता गर्न ओलीलाई भोट हाल्ने हो ।’


ADVERTISEMENT

# # #


तर, भोट हाल्नुको अर्थ सरकारमा जानु नभएको उनले बताए । प्रधानमन्त्री ओलीले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई सरकारमा आउन प्रस्ताव गरेको स्वीकार गर्दै उनले भने, ‘अहिलेसम्म सरकारमा जाने कुरा केही भएको छैन ।’ राजपाको समर्थनसँगै ओलीले कांग्रेस बाहेकका सबै दलको विश्वासको मत पाउने देखिएको छ ।