काठमाडौँ – समाजवादी मोर्चाले आफ्ना गतिविधिलाई औचित्यपूर्ण ढंगले अघि बढाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले मुलुकमा बेतिथि बढेको भन्दै त्यसका विरुद्ध औचित्यपूर्ण ढगले आफ्नो गतिविधिलाई अघि बढाउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझ औचित्यपूर्ण र सक्रिय भएर मोर्चा अघि बढ्ने जानकारी दिए । उनले पार्टीभित्र अहिले कुनै समस्या नरहेको समेत बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता बामदेव गौतमले मोर्चाको बैठकमा अहिलेसम्मको कामको समीक्षा भएको बताए । उनले भ्रष्टाचार, बेतिथि र देशलाई बर्बादीबाट जोगाउन छिटै ठूलो प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले विविध कारणबस मोर्चाले अपेक्षा अनुसार गति लिन नसकेको भन्दै अब सक्रियताका साथ मोर्चालाई अघि बढाइने उल्लेख गरे ।

विगतमा भएका कमीकमजोरीहरुलाई सच्चाएकार अघि बढ्नुपर्ने निष्कर्ष बैठकले निकालेको उनले बताए । विश्वकर्माले भाद्रको अन्तिमतिर देशव्यापीरुपमा मोर्चाको कार्यक्रमहरुलाई अघि बढाइने जानकारी दिए ।