काठमाडौँ – संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि इराकस्थित युनाइटेड नेशन एसिस्टेन्स मिसन फर इराक ९ग्ल्ब्ःक्ष्० मा कार्यरत कर्मचारी एवं नेपाली शान्ति सैनिकहरू स्वदेश फिर्ता भएका छन् ।
उक्त मिसनबाट क्रमिक रूपमा कर्मचारी एवं नेपाली शान्ति सैनिक फिर्ता गरी आगामी पुष १६ गतेसम्ममा बन्द गर्ने संयुक्त राष्ट्र संघको योजना अनुसार श्रावण १३ गते अन्तिम टोली स्वदेश फिर्ता भएको हो ।
सन् २०२५ जुलाई अन्तिमसम्ममा मिसनबाट फिर्ता हुनुपर्ने ८८ जना नेपाली शान्ति सैनिकहरू आज २७ जनाको अन्तिम टोली आज प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा स्वदेश फिर्ता भएको छ ।
संयुक्त राष्ट्र संघको योजना अनुसार अन्तिम टोलीको आगमनसँगै उक्त मिसनबाट २४ गते पश्चात् विभिन्न ४ वटा व्यावसायिक उडान मार्फत मिसनमा तैनाथ सबै नेपाली शान्ति सैनिकहरू फिर्ता भएका छन् ।































































