काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कार्यवाहाक अध्यक्ष तोक्ने अध्यक्ष रञ्जिता चौधरीको कदम पार्टी विधान विपरित रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन पुगेका चौधरीले पार्टी अध्यक्षले विधान विपरीत कार्यवाहक तोकेकाले आफुलाई पनि मन नपरेको बताए ।
अध्यक्षले पार्टीको केन्द्रीय समिति बोलाएर प्रष्टिकरण दिनुपर्नेमा कार्यवाहक अध्यक्ष तोक्नुले धेरै कार्यकर्ताको चित्त दुखेको उनले बताए । ‘रञ्जिताजीले केन्द्रीय समितिको बैठक बोलाएर स्पष्टीकरण दिनुर्थ्यो । कार्यवाहक अध्यक्ष तोकेको सम्बन्धमा मलाई व्यक्तिगत रुपमा त्यति मन परेको छैन ।’ उनले भने, ‘धेरै व्यक्तिहरुको चित्त पनि दुखेको छ । त्यो विधान विपरित पनि छ ।’
चौधरीले कार्यवाहक अध्यक्ष तोक्दा पनि केन्द्रीय समिति बोलाएर निर्णय गराउनुपर्नेमा त्यसो नगरेको जिकिर गरे । उनले कसका कारण पार्टीभित्र समस्या देखिएको हो भन्ने सवैलाई छर्लङ्ग नै रहेको बताए ।
































































