काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच ७ वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको ‘७ प्रतिशत आरबीबी डिबेन्चर २०८८’ नेप्सेमा सूचीकृत भएको छ ।


ADVERTISEMENT


अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ दरका कुल २५ लाख कित्ता ‘७ प्रतिशत आरबीबी डिबेन्चर २०८८’ (RBBD2088) ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हो । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले बुधबार हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


उक्त ऋणपत्रको दोस्रो बजारमा साउन १५ गते (बिहीबार)बाट कारोवार शुरु हुनेछ भने सूचीकरण पश्चात् दिनुपर्ने आरटीएस सेवा आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौंबाट हुनेछ ।