काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदका ७५ प्रतिशतभन्दा बढी सांसदले समर्थन गरेका छन् । प्रधानमन्त्री भएको २४ दिनमा ओलीले संसदमा विश्वासको मत लिएका थिए ।


ADVERTISEMENT


मतदानमा २७५ मध्ये २६८ सांसद सहभागी भएका थिए । तीमध्ये नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनता पार्टीका २०८ सांसदले ओलीलाई विश्वासको मत दिएका थिए ।


ADVERTISEMENT

# # #


उनलाई नेपाली कांग्रेस र नेमकिपाका सांसदले विश्वासको मत दिएन । ओलीको विश्वासको मत नदिने सांसदको संख्या ६० छ । संसदमा कांग्रेसका ६३ जना सांसद छन् ।

नयाँ शक्तिका सांसद बाबुराम भट्टराई विदेशमा भएकाले मतदानमा सहभागी भएनन् । उनले यसअघि नै आफ्नो पार्टी प्रतीपक्षमा बस्ने बताएका थिए ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । ओली फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।