काठमाडौं–प्रहरीले काठमाडौंको नरेफाँट, जडीबुटी र कोटेश्वर क्षेत्रबाट करिब ५ सय लिटर अखाद्य घरेलु मदिरा नष्ट गरेको छ । नरेफाँट, जडीबुटी र कोटेश्वरमा सञ्चालित ‘खाजा घर’ हरुमा अखाद्य घरेलु मदिरा विक्री वितरण हुँदै आएको थियो ।


ADVERTISEMENT


‘कोटेश्वर एरियाका होटल चेकजाँचका क्रममा ५ सय लिटर भन्दा बढी अखाद्य घरेलु मदिरा फेला परेको छ’ महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर राजु लामाले भने, ‘नियमअनुसार मुचुल्का गरेर स्थानियको रोहबरमा अखाद्य मदिरा नष्ट गरेका छौं ।’


ADVERTISEMENT

# # #


आईतबार महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ‘खाजा घर’को बोर्ड राखेर विक्री हुँदै आएको अखाद्य घरेलु रक्सि, छ्याङ तथा तोङ्वा बरामद पछी नष्ट गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको रुपमा (एसएसपी) विश्वराज पोखरेल आएसँगै काठमाडौं प्रहरीले अखाद्य घरेलु मदिरा विक्रीवितरणमा कडाई गरेको छ ।

परिसरको निर्देशन अनुसार कोटेश्वर क्षेत्रमा घरेलु मदिरा विक्री वितरणमा कडाई गरिएको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ । प्रहरीका अनुसार होटल सञ्चालकहरुले पसलमा थोरै मदिरा राखेर धेरै परिमाणका अदाद्य मदिरा लुकाई–छिपाई बेच्ने गरेको पाईएको छ ।