काठमाडौं–रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) जाने नेपालीले बनाएको प्रहरी प्रतिवेदन प्रमाणीकरण गर्ने जिम्मा दुई ट्राभल कम्पनीले पाएका छन् । नेपालस्थित यूएई दूतावासले याक्का ट्राभल एण्ड टुर्स र सीटी एक्सप्रेस ट्राभललाई कामदारको प्रहरी प्रमाणीकरण गर्ने अनुमति दिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए ।


ADVERTISEMENT


फेब्रुअरी १ देखि यूएई सरकारले नेपालबाट रोजगारीका लागि जाने कामदारसँग प्रहरी प्रतिवेदन अनिवार्य गरेको थियो । नयाँ नियमसँगै कामदारमाथि ४४ सय रुपैयाँ आर्थिक भार थपिएको छ । कामदारको प्रमाणपत्र कन्सुलर सेवा विभाग त्रिपुरेश्वर र काठमाडौं स्थित दुबईको दूतावासबाट प्रमाणित गरी दुबईको सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्था गरिएको थियो ।


ADVERTISEMENT

# # #


तर १० दिनमै यूएई सरकारले प्रहरी प्रतिवेदन प्रमाणितको जिम्मा दुई वटा ट्राभल कम्पनीलाई दिँदै कामदारमाथि थप एक सय १३ रुपैयाँ भार थपिदिएको छ । अनुमति पाएका दुई ट्राभलका सञ्चालक म्यानपावर व्यवसायीसमेत हुन् । अनुमति पाएका दुई ट्राभलले कामदारसँग सेवा शुल्कका नाममा एक सय रुपैयाँ र भ्याट १३ रुपैयाँ लिनेछन् ।

नेपाल सरकारले कामदार लागत कम गराउन भन्दै न्यून लागतको फ्री भिसा तथा टिकटको निर्णय लागु गरे पनि रोजगारदाता देशले भने कामदारसँग विभिन्न शीर्षकमा रकम असुली गरिरहेको छ ।–आजको अन्नपूर्णबाट