काठमाडौं–चिनियाँ जन कंग्रेसको बैठकले आइतबार चीनमा दुई कार्यकालमात्र राष्ट्रपति बन्न पाउँने कार्याकाल हटाएको छ । यो निर्णयसँगै सी चिनफिङलाई आजीवन राष्ट्रपति बन्ने बाटो खुलेको छ । सत्तारुढ कम्युनिस्ट पार्टी अफ चाइनाको यो निर्णयले सीलाई अनिश्चित कालसम्म सत्तामा रहने बाटो खोलिदिएको हो । उनको कार्यकाल सन् २०२३ सालमा सकिदै थियो ।


ADVERTISEMENT


चिनियाँ कांग्रेसका कुल २ हजार ९ सय ६४ प्रतिनिधिमध्ये यो निर्णयको विपक्षमा दुई जनाले मात्र मतदान गरेका छन् । बैठकमा तीन जना सदस्य अनुपस्थित भएको चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् । अन्य देशमा संसदले कानुन बनाए जस्तै चीनमा भने कम्युनिस्ट पार्टीको कंग्रेसले कानुन निर्माणको काम गर्दै आएको छ ।


ADVERTISEMENT

# # #


यसअघि चिनियाँ राष्ट्रपतिको समयसीमा दुई कार्याकाल मात्र हुने निर्णय सन् १९९० मा भएको थियो । यसअघि राष्ट्रपति सीले आफ्नो सम्भावित उत्तराधिकारी प्रस्तुत नगरी अक्टोबरमा सम्पन्न कम्युनिस्ट पार्टीको महाधिवेशनमा आफूमा शक्ति सुरक्षित गरेका थिए । उनले महाधिवेशनबाट पार्टीको विधानमा आफ्नो नामसहितको राजनीतिक विचारधारा लेख्न समेत सफल भएका थिए ।

यो निर्णयसँगै चिनियाँ राष्ट्रपति सी चिनियाँ कम्युनिस्ट पार्टीका सर्वोच्च नो माओ त्से तुङकै तहमा पुगेको बताइएको थियो । गत फेब्रुअरीको अन्त्यमा चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको कार्यकालको सीमा हटाउने विषयको सिफारिस कंग्रेसमा पठाएको थियो ।