काठमाडौँ – आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ओम हस्पिटलमा उपचारसेवा लिँदा विशेष छुट पाइने भएको छ ।


ADVERTISEMENT


जसका लागि आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र ओम अस्पटलबीच सम्झौता भएको हो । सम्झौता अनुसार ओम हस्पिटलमा उपचारसेवा लिँदा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । यस्तै हेल्थ चेकअप प्याकेजमा विषेश सहुलियत पाइने भएको छ ।


ADVERTISEMENT

# # #


उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।