काठमाडौँ– पछिल्लो समय सबैको चासोको विषय रहेको बहुविवाहलाई वैधनिकता दिने विषय सदनमा समेत प्रवेश भएको छ । नेकपा एमालेका सचेतक सुनिता बरालले बहुविवाहलाई वैधता दिने प्रस्तावित कानूनका विषयमा कानूनमन्त्रीको जवाफ माग गरेकी छन् ।


ADVERTISEMENT


सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बरालले बहुविवाह असामाजिक र गैरकानूनी बिषय भएको भन्दै यसलाई वैधता दिने चर्चाका विषयमा कानूनमन्त्रीको जवाफ माग गरेकी हुन् । गम्भीर बिषयमा कानून निर्माण हुँदा वा संशोधन हुँदा संवेदनशील हुन र सामाजिक रुपमा उठेका बिषयमा उनले सरकारको ध्यानाकर्षण गराइन् ।


ADVERTISEMENT

# # #


त्यस्तै अन्य सांसदहरुले पनि बहुविवाहलाई वैधता दिने बिषयमा भएका चर्चा परिचर्चाप्रति ध्यानाकर्षण भएको भन्दै कानूनमन्त्रीको जवाफ माग गरेका थिए ।