काठमाडौं–कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि सोमबार राति गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार प्रहरीले सोमबार राति नै सुखड क्षेत्रबाट नेकपा माओवादी विप्लव नेतृत्वको नेकपाका ३ जनालाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको जानकारी दिए । अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरुको नाम खुलाउन नमिल्ने घिमिरेले बताए ।


ADVERTISEMENT

# # #


घोडाघोडीको ‘बोक्सी काण्ड’मा मिलापत्र गराउन खोजेको भन्दै विप्लव समूहका एक नेताले चौधरीलाई एमालेले कारवाही नगरे आफूहरुले ‘जनकारवाही’ गर्ने धम्की दिएका थिए ।

सोमबार राति करिब सवा ८ बजेतिर सुखड बजार नजिकै रहेको आफ्नो घरभित्र बसिरहेका नगर प्रमुख चौधरीलाई नचिनेका मान्छेको समूहले काम छ भन्दै घर बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । चौधरीको कम्मरमुनि गोली लागेको र टाउको तथा दायाँ हातमा खुकुरीको चोट लागेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिएका छन् ।

थप उपचारका लागि काठमाडौं लैजाने तयारी

उनलाई पहिले खुकुरी र पछि गोली हानिएको थियो । घटनालगत्तै नगर प्रमुख चौधरीलाई सुखडस्थित घोडाघोडी अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि उनलाई राति नै नेपालगञ्ज मेडिकल कलेज लगिएको हो । चौधरीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।

यो पनि पढ्नुहोसः

कैलाली घटनाः ‘मेयर चौधरीमाथि गोली र खुकुरी प्रहार, अवस्था खतरामुक्त’