चितवन(रासस)–मुग्लिनबाट नारायणगढ आउँदै गरेको भारतीय नंको ग्यास बुलेट त्रिशूली नदीमा गए राति खस्दा भारतीय चालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


इच्छाकामना गाउँपालिका–६ पाँचकिलो भन्ने ठाउँबाट केएओ १ एएच २५९६ नंको बुलेट राति ९ः३० बजे त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


ADVERTISEMENT

# # #


चालकको बुलेटले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको नाम वतन खुल्न सकेको छैन । उनी भारतीय भएको प्रहरीले अनुमान गरेको छ । बुलेट खाली रहेको र अन्य यात्रु नरहेको बताइएको छ ।