काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रास्वपाका सांसदहरुले संसदीय मर्यादा कायम गर्न नसकेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा शर्माले संसदीय व्यवस्थामा आफ्ना कुरा राख्ने र समाधान खोज्न सकिने भए पनि लामो समयदेखि सदनमा आफ्नो कुरा राख्ने र बाहिरिने कामले रास्वपाका सांसदहरुले संसदीय मर्यादा कायम गर्न नसकेको देखिएको बताए ।


ADVERTISEMENT

# # #


उनले कुनै पनि विषयलाई आवेगमा आएर हेर्न नहुने भन्दै अराजक शैलीबाट मुक्त हुन रास्वपा सांसदहरुलाई सुझाव दिए । त्यस्तै शर्माले रवि लामिछानेको पक्षमा भन्दै गरिएको हस्ताक्षर अभियानप्रति पनि प्रश्न उठाए ।

उनले कुनै पनि अदालतले लामिछानेलाई कसुर नगरेको भन्न सकिने अवस्था नरहेको भनेको उल्लेख गर्दै धरौटीमा छुट्दा न्याय मिल्यो भन्नेले थुनामा पठाउँदा प्रतिशोध भयो भन्न नमिल्ने जिकिर गरे ।

लामिछानेले टेलिभिजनमा कार्यक्रम चलाउदा अदालतको आदेश नमान्नेमाथि कडा प्रहार गरेको स्मरण गर्दै शर्माले अहिले अदालतको आदेशबिरुद्ध हस्ताक्षरमार्फत कसलाई दबाब दिन खोजेको ? भन्दै प्रश्न समेत गरे ।