काठमाडौं– नेपाल बैंकर्स संघसँग सहमति गरेपछि एनआर्इसी एशिया बैंकले अधिकतम ब्याज दिने योजना स्थगित गर्ने भएको छ।


ADVERTISEMENT


आज एक प्रेस विज्ञप्ती जारी गर्दै बैंकले शुक्रवारदेखि लागु हुने गरी १० प्रतिशत ब्याज दिने समुन्नती प्लस बचत खाता र १२ प्रतिशत ब्याज दिने एक वर्षे धनवर्षा मुद्दती खाता बन्द हुने जनाएको हो।


ADVERTISEMENT

# # #


बैंकद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो योजनाले आमजनतामा अत्यन्त लोकप्रियता हासिल गरेको थियो।तर विगत केहि दिनयता नेपाल बैंकर्स संघ र यस बैंकबीच ब्याजदर सम्बन्धी विविध विषयमा देखिएको असमझदारीले समग्र अर्थतन्त्रको सर्वाङ्गिण हित हुने गरी हल गरेर जानुपर्छ भनेर हामीले यो योजना शुक्रबारदेखि बन्द गरेका छौं ।’ नेपाल राष्ट्र बैंकको मध्यस्थतामा नेपाल बैंकर्स संघ र एनआइसी एशिया बैकबीचको विवाद सोमबार साम्य भएको थियो।

संघ र एनआइसी एशिया बैंकबीचको विवादले बैंकिङ प्रणालीमै जोखिममा पर्ने देखिएपछि राष्ट्र बैंकले सोमबार बालुवाटारमा दुबै पक्षलार्इ बोलाएको थियो। बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानासहित संघका पदाधिकारी र एनआइसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन शर्मा न्यौपानेसहितको टोली र राष्ट्र बैंकको नियमन विभागका प्रतिनिधीबीच भएको लामो छलफलपछि एनआइसी एशिया बैंकले ब्याजदरमा पुनरावलोकन गर्न तयार भएको हो।

बैंकले मंगलबार सूचना प्रकाशित गर्दै ब्याजदर पुनरावलोकन गर्ने सहमति भएको थियो। गत शुक्रबार एनआइसी एसियासहितका २८ वटै बैंकबीच बचत खाताको ब्याज दर ८ प्रतिशतभन्दा माथि नजाने र एक बर्षे मुद्दतिमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति भएको थियो। सहमति लगत्तै एआइसी एसियाले १० प्रतिशतको बचतको ब्याजलाई ८ प्रतिशतमा झारेको थियो।

तर बिहीबारबाट फेरि बचतको ब्याज १० प्रतिशत पुर्याउँदै मुद्दतिमा १२ प्रतिशत ब्याज दिने सुचना सार्वजनिक गरेको थियो।यो सूचना जारी गरेपछि संघले एनआइसी एशिया बैंकसँग २७ वटा वाणिज्य बैंकले अन्तर बैंक कारोबार र विदेशी विनिमयको कारोबार नगर्ने निर्णय गरेका थिए।

सुचना सार्बजनिकसँगै बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बैंकबाट राजिनामा गरेका थिए। रिसालले नै संघमा बचतमा ८ र मुद्दतिमा ११ प्रतिशत ब्याज कायम गर्ने सहमति गरेका थिए। संघमा गरेको सहमति कायम गर्न नसकेपछि उनले बैंक छाड्ने निर्णय गरेका थिए।