काठमाडौं–अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिल्ली जाँदै छन् । बुधबारदेखि हरियाणा राज्यको गुरुग्राममा सुरु हुने प्रतिकातंकवाद सम्मेलन २०१८ मा भाग लिन उनी दिल्ली जान लागेका हुन् ।


ADVERTISEMENT


तीनदिने सम्मेलनको उद्घाटन सत्रमा की नोट स्पिकरका रुपमा अर्थमन्त्री खतिवडा सहभागी हुँदै छन् ।


ADVERTISEMENT

# # #


उद्घाटन सत्रमा भारतका गृहमन्त्री राजनाथ सिंहका साथ अर्थमन्त्री खतिवडाले मञ्च सेयर गर्नेछन् ।

वाम गठबन्धनको नेतृत्वमा बनेको नयाँ सरकारका तर्फबाट भारत जान लागेका उनी पहिलो मन्त्री हुन् । –आजको अन्नपूर्ण पोस्टबाट