काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि संविधानविपरित रहेकाले आफूहरुले विरोध जनाएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको उद्योग व्यवसायी जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले स्वमूल्याङ्कन दलहरुको आन्तरिक विषय भएकाले भन्दै आयोगको स्वमूल्याङ्कन कार्यविधि संविधान बिपरित भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


स्वमूल्याङ्कन कार्यविधिमा विपक्षी दलहरुले विरोध जनाएपछि एमाले र कांग्रेसले समेत विरोध गरेको उनले बताए ।

त्यस्तै अध्यक्ष नेपालले काम नगरी पार्टीमा पदमात्रै ओगट्ने प्रवृति अन्त्य हुुनुपर्नेमा जोड दिए । पार्टीको बिभिन्न पदमा रहेका व्यक्तिले विभिन्न चुनौतीको सामना गर्न सक्नुपर्ने उनको भनाइ छ ।

उनले नेपालको राजनीतिमा नेकपा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहेकोले संख्याका आधारमा मूल्याङ्कन नगर्न आग्रह गरे ।