काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका महत्वपूर्ण सदस्य ललित नारायण राजवंशीलाई मातृशोक परेको छ ।
ललितकी आमा शुभो राजवंशीको आइतबार ६३ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि मुटुरोगसँग लडिरहेकी थिइन् ।
उनको निधनप्रति नेपाल क्रिकेट संघ (क्यान)ले दुखः व्यक्त गरेको छ । साथै क्यानले शोक शन्तप्त ललितको परिवारलाई समवेदना समेत व्यक्त गरेको छ ।



























































