काठमाडौं– मुक्तिनाथ विकास बैंकले आफ्नो ब्राण्ड एम्बेस्डरका रुपमा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री भरतराज ढकाल र धुर्मुस सुन्तली फाउन्डेशनका तर्फबाट श्री सिताराम कट्टेल (धुर्मुस) र श्री कुन्जना घिमिरे (सुन्तली) ले आज एक समारोहमा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT


उक्त सम्झौता पत्र दस्तखत कार्यक्रममा बैंकको सञ्चालक समितिका सदस्य, संस्थापक सेयरधनीहरु र विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बैंकले धुर्मुस र सुन्तलीलाई ब्राण्ड एम्बेस्डरको रुपमा चयन गर्नुको उद्देश्य बारेमा प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले मन्तव्य राखेका थिए ।


ADVERTISEMENT

# # #


नेपालका चर्चित कलाकार जोडी धुर्मुस र सुन्तलीको कलाकारिता तथा उनीहरुले सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानबाट प्रभावित भई यस विकास बैंकले पनि आफू सक्दो सामाजिक क्षेत्रमा सहकार्य गरेकोले उनीहरुलाई चयन गरेको बताए । यो सहकार्यबाट दुवैले सामाजिक उत्तरदायित्वका कार्यहरुमा थप मिलेर जान सकिने बताए ।

सो कार्यक्रममा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मन्तव्य राख्दै बैंकसँगको सहकार्यतामा निकैनै गर्व महशुस भएको बताए । मुक्तिनाथ विकास बैंकले पोखरा सरसफाई तथा बाग्मती सरसफाई महाअभियानमा देखाएको सक्रिय र निरन्तर साथले यो बैंकका सबै कर्मचारीहरुमा पनि समाज सेवा गर्ने र देशको असल नागरिकको भूमिका निभाउने अठोट रहेको पाएको बताए । आगामी दिनहरुमा मुक्तिनाथ विकास बैंक र आफ्नो जोडी बैंकका हरेक कार्यहरुमा सहकार्य गर्दै एक अर्काको अभिन्न अंग भई कार्य गर्नु पर्नेमा जोड दिए ।