काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिने भएको छ । उसले पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।


ADVERTISEMENT


अर्घाखाँचीकी भुसाल समानुपातिक सांसद हुन् । २०३६ सालमा नेविसंघबाट राजनीति सुरु गरेकी उनी पहिलो संविधानसभामा पनि सांसद थिइन् ।


ADVERTISEMENT

# # #


उपसभामुखको उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजेसम्मको समय तोकिएको छ । निर्वाचन शुक्रबार हुनेछ ।

वाम गठबन्धनको भागवण्डामा उपसभामुख एमालेको भागमा परेको छ तर, उसले उम्मेदवार अझै टुंगो लगाएको छैन ।