वीरगञ्ज – जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले झण्डै एक दर्जन विक्रम टेम्पो नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


२० वर्ष पुराना सवारीसाधनलाई सरकारले सञ्चालनमा रोक लगाएको भएपनि अटेर गरेर सञ्चालनमा ल्याएपछि ट्राफिकले नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


नियन्त्रणमा लिइएको विक्रम टेम्पोहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

काठमाडौंबाट विस्थापित भएदेखि नै वीरगञ्जमा विक्रम टेम्पो सञ्चालनमा छन् । सरकारको निर्देशनलाई अटेर गरेर सञ्चालनमा ल्याइएका बिक्रम टेम्पोहरु बिहानैदेखि धमाधम नियन्त्रणमा लिएको ट्राफिक प्रहरी निरीक्षक सुरेशकुमार साहले जानकारी दिए ।

‘२० वर्ष पुराना सार्वजनिक सवारीसाधन सञ्चालनमा आएको खण्डमा नियन्त्रणमा लिनु भन्ने माथिको आदेश छ ।’ ट्राफिक प्रहरी निरीक्षक साहले भने ‘२० वर्ष पुराना बस, ट्रक, ट्याङकर लगायतका सार्वजनिक सवारी साधन नियन्त्रणमा लिनु भन्ने आदेश छ । तर, अन्य सवारी साधन सडकमा निस्किएका छैनन् ।’

पार्किङ गरेर राखिएका, घरमा थन्क्याईएका सवारीसाधनलाई भने केही नगरिएको उनको भनाइ छ ।

जिल्ला ट्राफिक कार्यालयले अन्य सुरक्षा निकायसँग समेत २० वर्ष पुराना सवारी सञ्चालनमा रोक लगाउन र नियन्त्रण लिन सहयोग मागेकोले सबैतिरको तथ्याङक जिल्लामा आइनसकेको ट्राफिक निरीक्षक साहले बताए ।

सरकारले समय सीमा दिएर पूरा सवारी विस्थापन गर्न यातायात व्यवसायीहरुलाई अनुरोध गरेको भएपनि व्यवसायीहरुले अ‍ेटर गर्दै आएका छन् ।