काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसको भागमा परेका पाँच मन्त्रालयमा नयाँ मन्त्री सिफारिस गरेका छन्।


ADVERTISEMENT


सिफारिस सूचीअनुसार कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङ मन्त्री बन्नेछन्। उनीहरूको शपथग्रहण आज दिउँसो ४ बजे हुने तय भएको छ।


ADVERTISEMENT

# # #


स्रोतका अनुसार सुरेश श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय, उर्मिला नेपाललाई सामाजिक विकास मन्त्रालय, कञ्चनचन्द्र वादेलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रभात तामाङलाई आर्थिक मामिला मन्त्रालय, विनु रायमाझीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र हाल विनाविभागीय रहेका शिवराज अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ। यद्यपि मन्त्रालय हेरफेरको सम्भावना रहेको बताइएको छ।

यसअघि कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी मन्त्री भइसकेका छन्। कांग्रेसका तीन मन्त्री पदका लागि बहादुर सिंह लामाले सिफारिस गरेका नामहरू भने यो सूचिमा समावेश भएका छैनन्। एमालेबाट भने पहिले नै ६ मन्त्री नियुक्त भइसकेका छन्।

साउन २० गते मुख्यमन्त्री बनेका बानियाँले साउन २७ गते प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका थिए।