काठमाडौं–राजधानीको नरेफाँटमा बस्ने एक ब्यापारीलाई १५ लाख नदिए छोरा अपहरण गर्ने र बम हानेर घर उडाउने धम्की दिएका नेकपा (विप्लव) निकट एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथली बस्ने सुरज शाहलाई ‘पैसा लिन आउनुस्’ भन्दै सादा पोशाकका प्रहरीले फलो गरेर नियन्त्रणमा लिईएको महानगरीय प्रहरी प्रमुख काठमाडौंका (एसएसपी) विश्वराज पोखरेलले स्रोतलाईलाई जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


पोखरेलका अनुसार शाहले केही दिनदेखि १५ लाख रुपैयाँ माग गरेर काठमाडौं–३२ नरेफाँट बस्ने ब्यवसायी भिष्म प्रताप भण्डारीलाई त्रासमा राखेका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा बर्ष २७ का शाह विप्लव नेतृत्वको नेकपा निकट भएको खुल्न आएको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवि पौडेलले जानकारी दिए ।

‘भृकुटी सेक्रेटरी भन्नेले हस्ताक्षर गरेर आर्थिक सहयोगका लागि लेखेको पत्र फेला परेको छ’ डिएसपी पौडेलले भने, ‘शनिवार मध्यान्ह विभिन्न स्थानमा बोलाएपछि उनी पैसा लिन आएका थिए ।’