काठमाडौँ – इजरायलबाट अपहरणमा परेका विद्यार्थी बिपिन जोशीको रिहाइको लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पाले जेरुसेलममा इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेट गरेका छन्। यस अवसरमा नेपालका राजदूत धनप्रसाद पण्डित पनि उपस्थित थिए।


ADVERTISEMENT


राष्ट्रपति हर्जोगले बिपिनलाई इजरायलका आफ्ना नागरिकझैँ मानेर उनको रिहाइका लागि निरन्तर प्रयास भइरहेको जानकारी दिए। उनले राष्ट्रपति हर्जोगले बिपिनलाई आफ्नै नागरिकझैँ मानेर मुक्तिका लागि निरन्तर प्रयास भइरहेको बताउँदै यस विषयमा नेपाल सरकार पनि सम्बन्धित अरब मुलुकहरूसँग पुनः संवादमा सक्रिय हुन सके थप प्रगति सम्भव हुने विश्वास व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यस भेटमा परिवारले बिपिनको रिहाइको लागि इजरायली नेतृत्वसँग सहकार्यको अपिल गरे। उनीहरूले इजरायली संसद अध्यक्ष अमिर ओहानासँग पनि भेट गरी बिपिनको रिहाइका लागि सहयोगको अनुरोध गरेका छन्।