एजेन्सी–म्यानचेस्टर युनाइटेडले शनिबार राति एफएकप सेमिफाइनल यात्रा तय गरेको छ । युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएयता म्यानचेस्टरले ब्राइटनलाई २–० ले हरायो ।


ADVERTISEMENT


त्यसमा रोमेलु लुकाक र नेमन्जा माटिचले गोल गरे । जितका बावजुत जोसे मोउरिन्होको म्यानचेस्टरले प्रभावशाली प्रदर्शन भने गर्न सकेनन् । यसअघि टोटनहमले स्वान्सीमाथि ३–० को प्रभावशाली जित निकालेको थियो ।


ADVERTISEMENT

# # #


म्यानचेस्टर च्याम्पियन्स लिगमा स्पेनका सेभियाविरुद्ध पराजित हुँदै अन्तिम आठमा पुग्न असफल रहेको थियो र यससँगै व्यवस्थापक मोउरिन्होको चर्को आलोचना भएको थियो ।