काठमाडौं–नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय परासीले विद्युत अनियमिता तथा विद्युत चोरी गर्नेबाट ३६ लाख रुपैयाँ भन्दा बढी जरिवाना असुलेको छ । विद्युत अनियमितता गरे बापत कारवाही स्वरुप विद्युत वितरण कार्यालय परासीले यस आर्थिक वर्षको पछिल्लो ६ महिनामा ३६ लाख भन्दा बढी रकम असुली गरेको हो ।


ADVERTISEMENT


२ सय २० जना ग्राहकहरुबाट कारवाही गरेर ३६ लाख ५३ हजार ८ सय ९ रुपैयाँ असुली गरेको विद्युत प्राधिकरण परासी केन्द्रका प्रमुख सुरज गौतमले बताए । परासी वितरण केन्द्र अन्र्तगत सदरमुकाम परासी, सुनवल, भुमही, महेशपुर, गोपीगंज सुर्यपुरा लगायतका स्थानहरुमा विद्युत हुकिंङ (तारमा हुक लगाएर गरिने विद्युत चोरी) गरेका १७ जना ग्रहकहरुलाई गरिएको कारवाहीबाट १ लाख ३१ हजार ९६ रुपैयाँ असुलेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै मिटर बाईपास गरेर चोरी गर्ने ३१ जनाबाट ५ लाख ३२ हजार २ सय असुल गरेको गौतमले बताए । मिटर वाइपास गरेर चोर्नेमा विद्युत प्राधिकरणकै कर्मचारी समेत पाइएको छ । माग कम गरेर बढी क्षमताको विद्युत प्रयोग गर्ने गरेका ७ जनाबाट ४७ हजार ८ सय ५० रुपैयाँ असुली गरिएको छ ।

सबै भन्दा ठूलो रकम बाँकी बक्यौता रहेको असुल उपरबाट २८ लाख ८२ हजार ६ सय ६३ रुपैयाँ असुल भएको गौतमले स्रोतलाई बताए । सदरमुकाम परासीको बाहिरी भाग र जिल्लाको दक्षिणी क्षेत्रमा हुकिङ्ग गरी चोरी गर्ने घटना धेरै रहेको विद्युत प्राधिकरण परासीका ईन्जीनियर राजेन्द्र कुमार श्रीवास्तवले बताए ।

यसैगरी मिटर बाईपास चारीमा ब्यापारीहरुदेखि राजनैतिक पार्टीका भातृ संगठनका नेताहरुका घरमा समेत रहेको पाईएको बताईएको छ ।