काठमाडौं–प्रा. डा. गोविन्द केसीले पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्न माग गरेका छन् । जन्ममिति विवादमा परेका तत्कालीन प्रधानन्यायाधीश पराजुली हालै मात्र पदमुक्त भएका थिए ।


ADVERTISEMENT


पराजुली पदमुक्त हुनु विधिको शासन स्थापनाको दिशामा महत्वपूर्ण उपलब्धी भएको डा. केसीले बताएका छन् । उनले सोमबारदेखि गर्ने भनिएको आमरण अनसन पनि स्थगित गरेका छन् ।


ADVERTISEMENT

# # #


तर, आफ्ना अन्य माग कायमै रहेको भन्दै डा. केसीले पराजुलीको फैसला र क्रियाकलापको छानविन गरेर कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका छन् । विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘त्यसो भएमा मात्र देशमा जवाफदेही शासन भएको मान्न सकिन्छ ।’

डा. केसीले चैतभित्र चिकित्सा शिक्षा अध्यादेशलाई ऐनमा रुपान्तरण गर्न सरकार र संसदसँग माग गरेका छन् । तर, ऐन नल्याए वा स्वार्थ समूहको प्रभावमा परेर हेरफेर गरे आमरण अनसनसहितका कार्यक्रम घोषणा गर्ने उनको चेतावनी छ ।