काठमाडौँ – अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले दोस्रो जित हात पारेको छ । आफ्नो पाँचौँ खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो ।
डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक ३९ रनको योगफल बनाएको हो । जवाफी ब्याटिङमा उत्रिएको मेलबर्न निर्धारित २० ओभरमा सबै गुमाउँदै १०६ रनमै अलआउट भएको हो ।
मेलबर्नका लागि अर्जुन नायरले सर्वाधिक २६ रन बनाए भने जय लेमिरेले १८, ह्यारी डिक्सनले १६ तथा ओलिभर पिकले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । मेलबर्नलाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामीले सर्वाधिक ५ विकेट चट्काए । सो क्रममा ३.५ ओभरमा उनले रन खर्चिए । यस्तै कुशल भुर्तेललेले २, साहब आलम, समान १–१ विकेट हात पारे ।
यसअघि ब्याटिङतर्फ नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिएका छन् । उनले २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाएका हुन् ।
त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाउदाँ लोकेश बमले १६ बलमा २४ रन जोडे । भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२र१२ रन बनाए ।
बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान २–२ विकेट लिए । नेपालले आज कप्तान रोहित पौडेल, स्टार बलर सन्दीप लामिछानेलाई आराम दिएको थियो ।



























































