काठमाडौँ – प्रभु बैंक लिमिटेड र पोखरा–२७, तालचोकस्थित माछापुछ्रे पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि.बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि को स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।


ADVERTISEMENT


प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा माछापुछ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि मा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता–पत्रमा माछापुछ«े पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि का तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक भावना भण्डारी तथा प्रभु बैंक लि.का तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलको संयुक्त हस्ताक्षर भएको हो ।


ADVERTISEMENT

# # #


“बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१२ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह आइरहेको छ ।