उर्लाबारी– प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश नं. १ मा एउटा सुविधासम्पन्न क्यान्सर अस्पताल खोल्ने बताएका छन् ।


ADVERTISEMENT


क्यान्सरको उपचारका लागि यस प्रदेशका विरामी भरतपुरसम्म जानुपर्ने बाध्यता रहेको बताउँदै उनले प्रदेश सरकारकै पहलमा क्यान्सर अस्पताल प्रदेश १ मा स्थापना गर्ने बताएका हुन् । उर्लाबारी नगरपालिका र अरनिको अस्पताल उर्लाबारीको संयुक्त आयोजनामा सञ्चालित क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको समापन कार्यक्रमको प्रमुख अतिथि रहेका कार्कीले रोग लाग्न नदिनका लागि खानपानमा ध्यान दिनुपर्ने समेत बताए ।


ADVERTISEMENT

# # #


चैत १ गतेदेखि सञ्चालित तीन दिने शिविर शनिबार सम्पन्न भएको हो । समापन कार्यक्रमका सभापति उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले नगरवासीको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले ध्यान दिएको बताए । स्वास्थ्य सम्बन्धी अन्य कार्यक्रमहरु पनि नगरपालिकाले गर्दै जाने उनको भनाई थियो ।

कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उप प्रमुख लक्ष्मीदेवी भण्डारीले समेत मन्तव्य राख्नुभएको थियो । दुई हजार जनाले स्वास्थ्य जाँच गराएको शिविरमा ३५ जनामा क्यान्सर रोगको लक्षण देखा परेको अरनिको अस्पतालका अध्यक्ष लोलिम पोमू लिम्बूले जानकारी दिए । शिविरमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका चिकित्सकको टोलीले क्यान्सर जाँच गरेको थियो । यस्तै, सोही अवसरमा यस क्षेत्रमा कार्यरत २० जना चिकित्सक तथा स्वास्थ्य प्राविधिकहरुलाई क्यान्सरको स्क्रिनिङ गर्ने तालिम समेत प्रदान गरिएको छ ।