काठमाडौँ– नेपालमै पहिलो पटक आयोजना भएकोे ‘सिइओ समिट तथा अवार्ड’मा ‘इ–सेवा’का कार्यकारी अधिकृत अस्गर अलीले ‘योङ सिईओ अफ दि इयर’को उपाधी पाएका छन् ।


ADVERTISEMENT


भारत, चीन, बंगलादेश, पाकिस्तानलगायत सार्क र एशियाका अन्य देशबाट बढी आवेदन परेका थिए । सबैलाई पछि पार्दै अलीले योङ सिईओ अफ दि इयर विधामा अवार्ड हात पारेका हुन् ।


ADVERTISEMENT

# # #


बुधबार साझ भएको अवार्ड कार्यक्रममाबिजनेश प्लस टेलिभिजन र सिईओ क्लवको संयुक्त आयोजनामा भएको अवार्ड कार्यक्रममा नेपाल तथा विश्वका बिभिन्न देशबाट अनलाईनमार्फत् आवेदन परेका थिए ।

इसेवाका सिइओ अली केही दिन अघिमात्रै स्पेनको वार्सिलोनामा भएको मोबाईल वर्ल्ड कंग्रेसमा सम्बोधन गरेका थिए । उक्त कंग्रेसमा नेपालबाट सम्बोधन गर्ने अली पहिलो व्यक्ति हुन् ।

अवार्ड प्राप्त गरेपछि अलीले भने, ‘हामीले अन्य कर्पोरेट अफिसहरूका तुलनामा फरक ढंकले व्यवस्थापन गर्दै आएका थियौँ, फरक र नयाँ तरिकाको व्यवस्थापनले नै हामीलाई छोटो समयमै यो उचाइमा ल्याएको हो, आगामी दिनमा पनि हामी हाम्रा सेवालाई अझ सरल र सहज बनाउदै लैजानेछौँ ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने ‘वर्षको सर्वश्रेष्ठ सिइओ’ अवार्डबाट सम्मानित भए ।समिटमा सिईओ अफ् दि इयर, योङ सिईओ अफ दि इयर, सिईओ अफ् दि इयर फिमेल, पपुलर सिईओ अफ् दि इयर, सिईओ अफ् दि इयर एसएमई र सिईओ अफ् दि इयर पब्लिक सेक्टर गरी ६ विधामा अवार्ड वितरण गरिएको थियो ।