काभ्रे–बनेपा गोदामचोकका शंकर खनाल छोरी कृतिकाले कपासबाट बत्ती काटेको देख्दा अचम्ममा परे । दैनिक रूपमा घरपसलमा आवश्यक पर्ने कपासको बत्ती किनेर लग्नुपर्ने बाध्यतामा रहेका शंकरले छोरीले उक्त आवश्यकता पूरा गरिदिने भएपछि धेरै खुशी भए ।


ADVERTISEMENT


छोरीले घरमा हजुरआमाले जस्तै टपरी बुनिरहेको थाहा पाएपछि अभिभावक महेश पौडेल टक्क रोकिए । उनले नजिकै गएर छोरीको काम अवलोकन गरे । छोरीले अब बजारमा पुगेर टपरी किन्न आवश्यक नरहेको बताएपछि उनी विद्यालयले दिएको व्यावहारिक शिक्षा देखेर खुशी भए ।


ADVERTISEMENT

# # #


किताबी ज्ञानसँगै व्यावहारिक जीवनमा आइपर्ने विभिन्न काम कसरी गर्ने भनी प्रयोगात्मक रूपमै प्रदर्शन गरेर बनेपास्थित विद्यासागर इंग्लिस स्कुलका विद्यार्थीहरूले अभिभावकलाई चकित पारेका हुन् ।

काभ्रेका संस्थागत विद्यालयहरूले विद्यार्थीलाई व्यावहारिक जीवनमा आवश्यक पर्ने सीप विकासका लागि सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्न नसकेको गुनासो आइरहँदा निजी क्षेत्रका विद्यालयले यस्तो सीप सिकाउन थालेका हुन् ।

‘इच्छुक विद्यार्थीहरूलाई हामीले यस्ता तालिम दिएर काम गर्न सिकाएका थियौँ’, विद्यासागर स्कुलका प्रिन्सिपल हीरा शर्माले भने, ‘सिकेका कुरा घरमा भने बताएका थिएनन् । विद्यालयमा आफ्ना छोराछोरीले यस्तो काम गरिरहेको देखेर अभिभावक अचम्ममा परे।’–आजको राजधानी दैनिकबाट