डोटी– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले दुई खाले अतिवादका कारण मुलुक ठूलो द्वन्द्वमा फस्ने खतरा उब्जिएको बताएका छन् ।


ADVERTISEMENT


नेपाल प्रेस युनियन डोटी शाखाले आज बिहान दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने – “एकथरीले हिमाल–पहाडमा बस्ने तराई–मधेसका शत्रु’ र अर्को थरीले ‘तराई–मधेसमा बस्ने देशका शत्रु’ हुन् भनेर आरोप लगाइरहेका छन्, यी दुबै खाले अतिवादका कारण मुलुक ठूलो द्वन्द्वमा फस्ने खतरा उब्जिएको हो ।”


ADVERTISEMENT

# # #


मन्त्री लेखकले यस्ता अतिवादले ल्याउन सक्ने द्वन्द्वबाट राष्ट्रियता खतरामा पर्न सक्नेतर्फ सचेत हुन सबैमा आग्रह गर्दै सबै नेपालीलाई जोड्ने काम नै असली राष्ट्रवाद हो भने ।

मुलुकलाई द्वन्द्वबाट जोगाउन ‘मुलुक जोड्ने अभियान’ मा नेपाली काँग्रेस जुटेको बताउँदै उनले ‘यसका लागि काँग्रेसले दुबैथरीलाई रिझाउँदै निकासको बाटो खोजिरहेको छ भने ।’

मन्त्री लेखकले संविधानको सर्वस्वीकार्यता बनाउन काँग्रेस लागिपरेको चर्चागर्दै यसका लागि दुई पटक संविधान संशोधन प्रस्ताव दर्ता भएको र पछिल्लो प्रस्ताव उपर छलफल चलिरहेको धारणा व्यक्त गरे ।

वैशाख ३१ गतेको निर्वाचन कुनै पनि अवस्थामा नसर्ने बताउँदै उनले मधेसवादी दल सहमतिमा आउने अवस्था रहे केही जिल्लामा बरु पछि निर्वाचन हुनसक्ने स्पष्ट पारे ।