काठमाडौँ– राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी र राजकुमार लेखी अध्यक्ष रहेको नागरिक समाजवादी पार्टीबीच एकता भएको छ ।
राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा दुई पार्टीबीच एकताको घोषणा भएको हो ।एमालेबाट राजनीति सुरु गरेका लेखी आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष समेत हुन् । थरुहट आन्दोलनको समयमा मधेशवादी दलको विरोध र प्रतिकार गरेका लेखीले सद्भावना पार्टीसँग एकाएक एकीकरण गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।


ADVERTISEMENT


यसैबीच दुई पार्टी एक हुनुअघि १० बुँदे समझदारी समेत भएको छ । १० बुँदे समझदारीमा थरुहट मुक्तिको अस्तित्वलाई स्वीकार गर्दै थरुहट राज्य स्थापनाको लागि संघर्ष गर्ने, संविधान संशोधनका लागि सरकारलाई बाध्य पार्नेगरी संघर्ष गर्ने, एकीकृत पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा विस्तार गर्ने लगायतरहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तो छ दुई पार्टीबीच भएको दश बुँदे समझदारी