काठमाडौँ– पारिजात स्मृति केन्द्रले वर्ष २०७३ का विभिन्न सम्मानबाट पुरस्कृत हुने प्रतिभाहरुको नाम घोषणा गरेको छ ।


ADVERTISEMENT


‘शिरिषको फूल’ जस्ता लोकप्रिय उपन्यासका स्रष्टा पारिजातको २४ औँ स्मृति दिवसका अवसर पारेर सो केन्द्रले ती सम्मान घोषणा गरेको हो । केन्द्रका सदस्य सचिव स्नेह साय्मिकाअनुसार ‘पारिजात सिर्जन सम्मान’ समालोचक हेमनाथ पौडेललाई, ‘पारिजात बालसाहित्य सम्मान’ बालसाहित्यकार विजय चालिसेलाई र ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ महिला नेत्री शशी श्रेष्ठ र ‘पारिजात कला सम्मान’ जनवादी गीतकार श्याम तमोटलाई गरिने निर्णय भएको छ ।


ADVERTISEMENT

# # #


सबै सम्मानमा रु १५ हजार राशिको पुरस्कार पनि छ । ती सम्मान यही वैशाखको अन्तिम सातामा दिइने कार्यक्रम छ ।स्मृति दिवसका अवसरमा आज केन्द्रको म्हैपीस्थित कार्यालय परिसरमा रहेको उनको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरिएको थियो ।