काठमाडौं–दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा केही दिनअघि भएको बलात्कारका मुख्य आरोपी शैलेश कार्की पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आरोपी कार्कीलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


सो घटनालाई आर्थिक लेनदेनमा मिलाएको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका तत्कालीन प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारती र प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीसमेत कारबाहीमा परेका थिए ।


ADVERTISEMENT

# # #


गत ७ माघमा काठमाडौंको होटल ल्यान्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामुहिक बलात्कार गरेपछि युवतीले उजुरी दिन दरबारमर्ग वृत्त पुगेकी थिइन् ।

तर, वृत्तले उजुरी दर्ता नै नगरी घटना आर्थिक लेनदेनमा मिलाएको थियो । सो घटनालाई ढाकछोप गरेको भन्दै प्रहरी निरीक्षक ठकुरी निलम्बनमा परेका छन् ।–आजको राजधानी दैनिकबाट