काठमाडौं–नेपाली सेनाका देशभरका ब्यारेक तथा कार्यालय नक्सापासबिनै बनाएको पाइएको छ ।


ADVERTISEMENT


भवन निर्माण सम्बन्धी बनेका नियम, निर्देशिका र आचारसंहिताको पालना नगरी सोनाले करिब १० हजार ब्यारेक तथा कार्यालय बनाएको हो । भद्रकालीस्थित सैनिक मुख्यालय परिसरभित्रका संरचना पनि नक्सापास नगरी नै बनाइएको छ ।


ADVERTISEMENT

# # #


यसरी व्यवसायिक प्रयोजनका भवनदेखि फौज बस्ने स्थलसम्म नक्सापासबिनै बनाउनु कानुनको उल्लंघनमात्र नभइ प्राकृतिक प्रकोपका बेला असुरक्षित हुने डर पनि रहने जानकारहरु बताउँछन् ।

सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले सुरक्षाको कारण र विगतदेखिको चलनअनुसार भवन संरचना बनाइएका कारण नक्सापास हुन नसकेको दाबी गरे । –आजको कारोबारबाट