काठमाडौं–युएस बङ्गला विमान दुर्घटनामा ज्यान गुमाएका तीन बङ्गलादेशी नागरिकको शव पहिचान भएको छ ।


ADVERTISEMENT


उनीहरु नाजरुल इश्लाम (६२ वर्ष), मोलाह अलिफुज्जाम (३० वर्ष) र पियास रोय (२३ वर्ष) रहेका छन्, युएस बङ्गला एयरलाइन्सका उच्च अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


‘उनीहरुको पहिचान फोरेन्सिक परिक्षणबाट पत्ता लागेको हो । उनीहरुको शवलाई बिहिबार बङ्गलादेश ल्याइनेछ,’ डेली स्टारसँग कुरा गर्दै ती अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने ।

यता, एयरलाइन्सले दुर्घटनामा घाइते बनेका दुई नेपाली यात्रु प्रिन्सी धामी र विनोद पाण्डेलाई थप उपचारका लागि भारत र सिङ्गापुर पठाएको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान आसिफले जानकारी दिए ।

हाल घाइते मध्ये तीन जनाको भारत, तीन जनाको सिङ्गापुर र सात जनाको बङ्गलादेशमा उपचार भइरहेको छ । यसैबीच, शव हस्तान्तरण गरिएका २३ जना बंगलादेशी नागरिकको मंगलबार अन्तिम संस्कार गरिएको छ ।