काठमाडौं–बानेश्वरमा गए राति चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । दशदेवीनगरमा गएराति सर्लाही हजरीया स्थायि घर भएका २१ बर्षीय पुरुषोत्तम सेढाईंको मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


अशोक लिम्बू, रोहित चौधरी र सञ्जय राईको समूहले सेढाईंको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार,
–मंगलबार राति ९ बजेको समयमा बानेश्वरको देवीनगरस्थित मन्दिरमा सेढाईं र उनीहरुको भेट भयो ।
–उनीहरुबीच सामन्य विवाद भयो ।
–तीन जनाको समूहमा रहेकामध्ये एक जनाले नजिकै रहेको कोठाबाट चक्कु लिएर आए ।
–सेढाईंको छातीमा चक्कु प्रहार भयो ।
–र उनको ज्यान गयो ।

तीन जना (लिम्बू, चौधरी र राई) बानेश्वर देवीनगरमा भाडामा (एउटै कोठामा) बस्दै आएका थिए । मृतक सेढाईंको निवास(कोठा) उनीहरुको कोठा नजिकै रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएको प्रहरीले राति ११ बजे उक्त घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ । सामान्य विवाद हुँदा सेढाईंले सुरुमा आफूहरुलाई आक्रमणको प्रयास गरेको उनीहरुले प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको महानगरी प्रहरी वृत्त बानेश्वरका डिएसपी रबि पौडेलले स्रोतलाई बताएका छन् ।