काठमाडौं । नेपाल प्रहरीमा नयाँ आइजीपी को बन्ने भन्ने लिगलिगे दौड चलिरहेको छ ।


ADVERTISEMENT


आइजीपी प्रकाश अर्यालले आगामी चैत २९ गतेबाट अवकास पाउने भएपछि नयाँ आइजीपीका लागि डिआइजीहरुबीच रस्साकस्सी सुरु भएको हो ।


ADVERTISEMENT

# # #


आइजीपी अर्यालसँगै सबै एआईजीहरु उमेर हदका कारण विदा हुँदैछन् । त्यसो हुँदा अबका डीआइजीहरुमध्येबाट आइजीपी बनाउनु पर्ने स्थिति छ । यो अवस्थामा अबको आइजीपी को बन्ने भन्ने आन्तरिक रुपमा होडबाजी व्यापक बनेको छ ।

गृह मन्त्रालयले हेर्न थालेको सेवा प्रवेश देखि अहिलेसम्मको ट्यारक रेकर्ड अनुसार चार जना डिआइजीहरु आइजीपीका लागि प्रमुख दावेदार देखिएका छन । अहिलेसम्म भ्रष्टाचारमा दाग नलागेको र खटाएको ठाउँमा उत्कृष्ट कार्यसम्पादन गरेको देखिएपछि भावी आइजीपीका लागि १५ डिआइजीमध्ये चार जना सवैभन्दा योग्यको सूचीमा परेका हुन।

गृह स्रोतका अनुसार ट्रयाक रेकर्डको आधारमा डीआइजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की र धीरु बस्नेतमध्येबाट आइजीपी बन्ने अवस्था देखिएको छ ।

गृहस्रोतका अनुसार कामको मूल्यांकन गर्दा चार जना नै उत्कृष्ट देखिएकोले यिनै चारमध्येबाट एक जना आइजीपी र बाँकी एआइजीपी हुनेछन ।

अहिलेसम्म भ्रष्टाचारमा दाग नलागेको र खटाएको ठाउँमा उत्कृष्ट कार्यसम्पादन गरेकाहरुको सूचिमा धीरु बस्नेतको मूल्यांकन अझ उच्च देखिएको श्रोतले जानकारी दिएको छ ।

बस्नेतका दाजु पूर्व जर्नेल प्रकाश बस्नेत यस अघि ओली प्रधानमन्त्री हुँदा सुरक्षा सल्लाहकारका रुपमा रहेका थिए । यसैबाट ओली निकटको मान्छे भन्दै यसअघि देउवा सरकारले बस्नेतलाई बढुवामा उपेक्षा गर्न खोजेका थिए ।

प्रशासन भित्र काम गर्ने क्षमतावान, धेरै अन्तराष्ट्रिय तथा राष्ट्रिय सम्मान तथा पुरस्कार पाएको, नेतृत्व क्षमतामा अब्बल तथा आर्थिक रुपमा पारिदर्शी देखिएका बस्नेतको चर्चा भावी आईजीपीका रुपमा बलियो गरी देखिन थालेको छ । अझ देउवा सरकारको उपेक्षित घाउमा मल्हम लगाउन र आफ्नो स्पिरिट अनुसार दौडन सक्ने बिश्वासका साथ समेत बस्नेत प्रति ओली सरकारको सदासयता बढी हुने बालुवाटार निकट एक श्रोतको बिश्लेषण छ ।

उत्कृष्ट हुँदा हुँदै पनि उपेक्षित बन्दै प्रतिस्पर्धामा खरो उत्रिएका बस्नेतलाई प्रधानमन्त्री ओलीले यसपटक न्याय दिन्छन् भन्ने बुझाई समेत पाईएको छ ।